ठेक्का हत्याउँछ, समयमै बनाउँदैन पूर्वराज्यमन्त्री तामाङको निर्माण कम्पनी
rajdhanidaily.com · Thu May 15 23:08:02 GMT 2025

सुर्खेत । विभागीय मन्त्रीसँग कुरा नमिलेपछि हालै बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) निर्माण व्यवसायी पनि हुन् । कांग्रेस रामेछापको सभापतिसमेत रहेका उनको स्वामित्वको कम्पनीले वीरेन्द्रनगरमा दर्जन बढी सडक अलपत्र पारेको छ । निवर्तमान राज्यमन्त्री र सांसदजस्तो जिम्मेवार व्यक्तिको स्वामित्वमा रहेको कम्पनीले लामो समयदेखि सडक अलपत्र पारेपछि वीरेन्द्रनगरवासी भने धूलो खान बाध्य छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरका सहरी सडकअन्तर्गत प्याकेज १ मा पर्ने १५ वटा सडक २०७८ भदौमा तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिले पाएको थियो । सांसद तामाङको कम्पनीले सडक निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उनले सडक निर्माण गरिरहेको क्षेत्र कर्णाली प्रदेश सरकारका मन्त्रालयहरू, मुख्यमन्त्री, मन्त्रीलगायतका उच्च पदस्थहरूको आवास क्षेत्रमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)