जातीय व्यवस्था, भोक र विकासमाथि बहस
ekantipur.com · Sat Feb 18 16:45:19 GMT 2023
वीरेन्द्रनगर — कर्णाली उत्सव कुडा कर्णालीकामा दोस्रो दिन ६ वटा सत्रमा छलफल भएको छ । पहिलो दलित—दलिल सत्रमा बोल्दै प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाली समाजलाई सद्भावयुक्त बनाउन राज्य र समाज सँगसँगै अघि बढ्नुपर्ने बताए । दलित र भेदभावमा परेको अन्य समुदायको आत्मसम्मानका लागि भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने ‘यहाँ विभेदकै कारण मानिस मारिएको अवस्था छ । यस्ता विभेद अन्त्य गर्न राज्यले समानातको सिद्धान्तलाई अवलम्बन गरी अघि बढ्नुपर्छ । हामीले हाम्रो समाजलाई सद्भावयुक्त बनाउनुर्छ र यसका लागि राज्य र समाज सँगसँगै अघि बढ्नुपर्छ । ’ कर्णालीको पछि परेका हरेक समुदायभित्र पनि दलित अझ पछि परेकाले उनीहरुको सामाजिक, आर्थिक विकासका लागि राज्य गहन भएर लाग्नुपर्नेमा उनले जोड दिए । कर्णालीमा २९ प्रतिशत दलित भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)