सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर
gorkhapatraonline.com · Wed Mar 06 23:55:15 GMT 2024
गोकर्ण दयाल
बैतडी, फागुन २४ गते । सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाउन सक्नुभएको छैन । बाल्यकालका धमिला सपना बोकेर उहाँ अहिले आफन्त सम्झेर रोइरहनुभएको छ । २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै विछोड भएको थापाले बताउनुभयो । “बाल्यकालमै सडकमा छुटेँ,” उहाँले भन्नुभयो, “४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै बसेको छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)