शैक्षिक परामर्शमा बेथिति
gorkhapatraonline.com · Fri Jun 12 02:01:42 GMT 2026

सामाजिक सञ्जालले समाजमा सेवा र व्यवसाय गरिरहेका व्यक्ति तथा संस्थाका बारेमा सम्प्रेषण गर्ने सूचनाले कस्तो असर पार्छ भन्ने विषयमा यो आलेख आधारित छ । यसका लागि हालै भारतको पटनामा भएको कोचिङ सेन्टर विवादमा जोडिएका, सामाजिक सञ्जालमा ‘खान सर’ का नामले चिनिने फैजल खानको घटना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) को नियमित भर्नाका सम्बन्धमा पोखराबाट प्रसारित पोडकास्ट ‘गण्डकी खोज’ लाई मुख्य आधार बनाइएको छ ।
भारतमा जस्तै नेपालका पनि राजधानी र मोफसलका विभिन्न स्थानमा यस्ता संस्था थुप्रै सङ्ख्यामा भेटिन्छन् । तीमध्ये कतिपयले कलेज तथा विश्वविद्यालयमा भर्ना गराउन वा सहजीकरण गर्न कोचिङ कक्षा सञ्चालन गरिरहेका छन् । कतिपयले युरोप, अमेरिकालगायत अन्य मुलुक जानका लागि तयारी कक्षा चलाइरहेका छन् । त्यस्तै वृत्ति निर्देशनका नाममा शैक्षिक परामर्श दिने शिक्षण संस्थाका स्थानीय भर्ना सम्पर्क कार्यालयले तालिम तथा अभिमुखीकरण चलाएका छन् । यसका साथै लोक सेवा तयारीका कोचिङ सेन्टर र विभिन्न देशमा रोजगारी तथा आप्रवासनका लागि काम गर्ने म्यानपावर एजेन्सी पनि सक्रिय छन् । कतिपय संस्थाले भने औपचारिक रूपमा केही नभने पनि अनौपचारिक रूपमा यी सबै काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
राष्ट्रिय परीक्षा बोर्ड