देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण
nepalpress.com · Tue May 19 06:29:21 GMT 2026

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको बताए ।
उनले भने,’तीन दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ः०० बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गर्नेछौँ, अन्तिम दिन विशेष कार्यक्रम आयोजना गरी चाँगु योग ज्योति सन्देश स्मारिक सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्नेछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)