रहिनन् थाइल्याण्डकी राजकुमारी, तीन वर्षदेखि कोमामा थिइन्
lokaantar.com

थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी उनको बिहीबार राति निधन भएको थाइ शाही दरबारले जनाएको छ।
सन् २०२२ को डिसेम्बरमा व्यायामका क्रममा अचानक ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अनियन्त्रित बनेपछि उनी कोमामा पुगेकी थिइन्। लामो समयसम्म सघन उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)