मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक कारबाहीमा एकै दिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

nagariknews.nagariknetwork.com · Fri Jun 12 02:06:28 GMT 2026

बितेका २४ घण्टामा दुई हजार २२३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय