जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्षको निधन
annapurnapost.com · Sat May 07 17:28:00 GMT 2022
जनकपुरधाम : पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ। विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेका शेखको शनिबार बेलुकी ८:३० बजे मृत्यु भएको परिवारजनले जनाएको छ।
नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)