मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजिटल कारोबार नसकिँदै पैसा काटिए तीन दिनभित्र फिर्ता गर्नुपर्ने

nayapatrikadaily.com · Tue Nov 21 00:27:00 GMT 2023

अब मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता डिजिटल भुक्तानीको माध्यमबाट हुने कारोबार असफल भई सम्बन्धित खाताबाट पैसा काटिएमा ‘फोर्स सेटलमेन्ट’ गर्नुपर्ने भएको छ । यसअघि निश्चित समय नतोकिँदा कतिपय बैंक तथा सेवाप्रदायकले हप्तौँसम्म पनि यस्तो कारोबारको सेटलमेन्ट नगरिदिने समस्या थियो । तर, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता उपकरणबाट हुने असफल कारोबारको सटेलमेन्ट घटनाको प्रकृतिअनुसार एक दिनदेखि ३० दिनभित्र गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकाअनुसार पैसा पठाउने र पाउने खाता एउटै संस्थाको भएमा कारोबार भएको भोलिपल्टसम्म फोर्स सेटलमेन्ट गर्नुपर्नेछ । पैसा पठाउने र पाउने खाता फरक–फरक संस्थाका भएमा कारोबार भएको तीन दिनभित्र फोर्स सेटलमेन्ट गनुपर्छ । त्यस्तै, पठाउने र पाउने खातामध्ये कुनै एक विदेशी संस्था भएमा कारोबार भएको ३० दिनभित्र फोर्स सेटलमेन्ट गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)