आयोजकको वाग्मती युवाको जित
ekantipur.com · Sun Feb 12 01:19:18 GMT 2023
सर्लाही — आयोजक वाग्मती युवा क्लबले धरान फुटबल क्लबमाथि गोलको वर्षा गर्दै जित निकालेको छ । वाग्मतीमा जारी सातौं राजर्षि जनक कप फुटबल प्रतियोगितामा शनिबार आयोजक वाग्मतीले ५–१ गोलको जित पायो । धरानले प्रतियोगिता पहिलो पटक सहभागिता जनाएको हो ।
वाग्मतीले १३ औं मिनेटमा विमल घिसिङको गोलबाट अग्रता कायम लियो । श्रृजन गौतमको पासमा विमलले गोल गरेका हुन् । खेलको ४१ औं मिनेटमा धरानका गोलरक्षक आसिक कार्की अगाडि बढेको मौकामा श्रृजनले वाग्मतीका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि नै श्रृजनले व्यक्तिगत दोस्रो गोल गरेपछि टिम ३–० को स्थितिमा अवाडि बढ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)