विश्वकपमा अष्ट्रेलियाको पहिलो जित
kendrabindu.com · Tue Oct 17 00:11:26 GMT 2023
अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको छ। जितको लागि २ सय १० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे। ग्लेन म्याक्सवेल २१ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे।
मार्कस स्टोइनिस १० बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे । स्टोइनिसले वेलालागेलाई विजयी छक्का हानेका थिए । अष्ट्रेलियाको जितमा जोश इंग्लिसले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । मिचेल मार्श ५१ बलमा ९ चौका ५२ रनमा आउट भए । चौथो ओभरको पहिलो बलमा ओपनर डेविड वार्नर ११ रनमा एलबीडब्लू आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)