मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्लास्गोमा देउवा–मोदी भेटवार्ता : राजनीति र सीमा समस्याबारे  छलफल नै भएन

nayapatrikadaily.com · Wed Nov 03 00:21:00 GMT 2021

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिनेटको भेटमा दुई देशबीचको राजनीतिक एवं सीमाका विषयमा छलफल नभएको परराष्ट्र स्रोतले बतायो ।

कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेपाललाई खोप सहयोग गरेकोमा तथा खरिद गरेको खोप आपूर्तिका लागि सहजीकरण गरिदिएकोमा मोदीलाई धन्यवाद दिएका छन् । मोदीले नेपाललाई थप सहयोग र सहजीकरणका लागि तयार रहेको आश्वासन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)