मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उपभोक्तालाई ठगिनबाट बचाउनुपर्ने निकाय नै नेतृत्वविहीन

ratopati.com

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने महत्वपूर्ण भूमिकामा रहेको निकाय हो । विभागले दैनिक रूपमा गर्ने बजार अनुगमनले उपभोक्तालाई ठगिनबाट र बजारलाई कालोबजारीबाट जोगाउन उल्लेख्य भूमिका खेल्छ ।

तर, विभागमा एक महिनादेखि विभागीय प्रमुख (महानिर्देशक) पद खाली छ । निवर्तमान महानिर्देशक प्रकाश पौडेल कात्तिक १ गतेदेखि नै राजस्व अनुसन्धान विभागको प्रमुख पदमा हाजिर भइसकेका छन् । अहिले वरिष्ठ कर्मचारीको हैसियतमा विभागको काम चलाउने जिम्मा डम्मरुप्रसाद निरौलाले लिएका छन् । तर, कामचलाउ प्रमुख हैसियतमा रहेका निरौलासँग महानिर्देशकको सम्पूर्ण जिम्मेवारी छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)