मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा भारतीय पर्यटकको भरथेग

ekantipur.com · Mon Jun 20 00:54:36 GMT 2022

पोखरा — भारतीय नम्बर प्लेटका सवारी अचेल लेकसाइडलगायत पोखराका अन्य बजारमा बग्रेल्ती भेटिन्छन् । कार, जिप, भ्यानजस्ता साना सवारी र ठूला बसमा समूहमा आउने भारतीय पर्यटकको चहलपहलले लेकसाइड गुल्जार छ ।

कोरोना महामारीले झन्डै दुई वर्ष सुस्ताएको पोखराको पर्यटनमा हाल भारतीय पर्यटकको आगमनले राहत मिलेको व्यवसायीले बताएका छन् । गर्मी छल्न भारतका सीमावर्ती सहरबाट आउने पर्यटकको संख्या बढी छ । तेस्रो मुलुकका पर्यटकको आगमन कम हुने समयमा भारतीय पर्यटकको उपस्थितिले पर्यटन व्यवसायी उत्साहित छन् । ‘अफ सिजन’ मा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसाय भरथेग गरेको व्यवसायीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)