मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकमा तरलताको उतारचढाव

annapurnapost.com · Mon Oct 11 06:48:00 GMT 2021

लगानीयोग्य रकमको अभाव हुँदा बैंकहरू सापटी लिएर चल्न थालेका छन्। राष्ट्र बैंकबाट सापटी लिने बैंकको सूची बढ्दो छ। उनीहरूलाई अहिले गर्जो टार्नै हम्मे हम्मे परेको छ। बैंकिङ प्रणालीमा तरलता बढी र तरलता अभाव (लगानीयोग्य रकमको अभाव) नियमित बहसको विषय बन्दै आएको छ। ऋण निक्षेप अनुपात बढी छ भने बजारमा तरलता कम हुन्छ र बैंकहरूलाई निक्षेप आवश्यक पर्छ। यदि अनुपात कम छ भने ठीक उल्टो ऋण दिनुपर्ने हुँदा यस्तो स्थिति आएको बुझ्न सकिन्छ। दसैं किनमेल गर्न सर्वसाधारण र व्यवसायीले बैंकबाट पैसा निकाल्नु र रेमिट्यान्स सोचे जति नआउनुलाई पनि अहिले तरलता समस्याको कारण हो।

बैंकमा लगानी योग्य रकम अभाव प्रत्येक वर्ष कुनै न कुनै किसिमले दोहोरिरहेको छ। तरलता कुनै पनि बैंक तथा वित्तीय संस्थाको दैनिक कार्य सञ्चालनका लागि अपरिहार्य वस्तु हो। बैंकले दायित्वको भुक्तानी गर्न तरलताको आवश्यकता पर्छ। दैनिक कार्य सञ्चालनका लागि पनि तरलताकै प्रमुख भूमिका हुन्छ। तरलता चाहिनेभन्दा बढी भयो भने लागत वृद्धि गर्छ भने मुनाफामा समेत असर गर्छ। यस्तो अवस्थामा व्यवस्थापकीय कार्यकुशलतामा समेत प्रश्न चिह्न खडा हुन्छ। तरलता बढी भयो भनेर लगानी बढाउने नाममा लगानीको गुणस्तरमा ध्यान पुर्‍याउन नसक्दा जोखिम बढ्ने सम्भावना पनि त्यत्तिकै रहन्छ। अहिले यस्तै समस्या बैंकमा छ। यस्तो अवस्था रोक्न सरकारकै महत्वपूर्ण हात रहन्छ। किनकी वजेट कार्यान्वयन समयमा नहुनु पनि तरलताको प्रमुख कारण हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)