मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५५ जिल्लामा काँग्रेसको पालिका अधिवेशन सकियो, यी जिल्लामा हुन सकेन

lokaantar.com · Sun Sep 26 01:07:18 GMT 2021

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ । वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले उत्साहपूर्वक पालिका स्तरको अधिवेशन सम्पन्न भएको जानकारी दिए । संयोजक यादवका अनुसार शनिबार विभिन्न नौ वटा जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न हुन सकेन । निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौँ, मोरङ, सोलुखुम्बु र सिन्धुपाल्चोक रहेका छन् । निर्वाचन समितिका अनुसार जुम्लामा आइतबार र नवलपुर, गुल्मी, बर्दिया र ललितपुरमा आगामी सोमबार पालिका स्तरको निर्वाचन हुनेछ । काठमाडौँमा असोज १६ गतेका लागि तय गरिएको छ । बाँकी तीन जिल्लाको मिति तय भएको छैन । गोरखापत्रमा खबर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)