मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटलाई
onlinekhabar.com · Sat Sep 09 16:57:19 GMT 2023
काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् ।
प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन् । अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी छन् । २२ वर्षिया उनी मानसिक स्वास्थ्य, शरिर सकारात्मकता र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)