वडा कार्यालयको लापरबाहीले रोकियो भत्ता
annapurnapost.com · Sun Jan 14 00:53:22 GMT 2024
ढल्केबर(धनुषा) : नेपालीहरुको महान चाड विजयादशमीको मिति नजिकिँदै थियो। धनुषामा पनि सामाजिक सुरक्षाभत्ता वितरण धमाधम चलिरहेको थियो। तर, धनुषाको मिथिला नगरपालिका–९ की ५२ वर्षीया धनमाया परियारको हातमा भत्ता परेन। उनी हेर्या हेरै भइन्।
छिमेकी फूलकुमारी विश्वकर्मा ८ हजार भत्ता पाएर खुसी भएको देखेकी उनको मन भने त्यहीँ दिन भारी भयो। किनभने भत्ता पाउने आसमा बैंक पुग्दा धनमायाको बैंक खाता रित्तै थियो। बैंकका कर्मचारीले खातामा पैसा नआएको बताएपछि त्यतिबेला उनको बोली नै फुटेन। त्यहाँबाट फर्केर वडा कार्यालय पुग्दा आफ्नो भत्ताको नवीकरण नै नभएको थाहा पाएपछि उनी तिनछक्क परिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)