मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहितामा कडा बन्दै आयोग

annapurnapost.com · Tue Nov 15 01:04:00 GMT 2022

काठमाडौं : निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा कसैले आचारसंहिता उल्लंघन गरे उजुरी गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गर्ने, पैसा बाँड्ने, अत्यधिक खर्च गरेको वा शान्ति भंग गर्ने कार्य भएमा जिल्ला आचारसंहिता अनुगमन समितिमा खबर गर्न सकिन्छ। आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले आचारसंहिता पालनामा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिएको छ।

आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको सोमबार बैठक बसेको थियो। समितिका संयोजक आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्त ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बैठक बसेको थियो। बसेको बैठकले हरेक जिल्लामा शान्तिपूर्ण र भयरहित निर्वाचन गराउन आचारसंहिता निगरानी बढाउनुपर्नेमा जोड दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)