घम्साघम्सी पशुपति विकास कोष र बतास समूहबीच धर्मशालाको विषयलाई लिएर, खाली गर्न बतासको अटेरी
nepalghatana.com · Fri Apr 08 17:17:56 GMT 2022
पशुपति विकास कोष र बतास समूहबीच पशुपतिस्थित धर्मशालाको विषयलाई लिएर घम्साघम्सी परेको छ। विकास कोषले धर्मशाला खाली गर्न दिएको निर्देशन बतास समूहले अटेर गरेको भन्दै कोषका पदाधिकारीले भवन खाली गराउन खोज्दा दुई पक्षबीच शुक्रवार बिहानैदेखि भएको असमझदारीले सञ्चारकर्मी समेत थुनिन पुगेका थिए ।
पशुपति क्षेत्र स्थित धर्मशालामा व्यापारी बतास समूहले सञ्चालन गरेको होटलको विषयलाई लिएर उक्त क्षेत्र शुक्रवार बिहानैदेखि तनावग्रस्त बन्न पुग्यो । सरकारले यसअघिनै धर्मशाला नियम विपरित सञ्चालन भएको भन्दै खाली गराउन बतास समूहलाई निर्देशन दिएको थियो । तर बतास समूहले खाली गर्न अटेर गर्दै गेटमा ताल्चा लगायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)