एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति
nepalnews.com · Tue May 19 09:16:44 GMT 2026

काठमाडौँ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्या बढेको छ।
पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए। हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
नेपाल पर्वतारोहण संघ