मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनलगत्तै कक्षा १२ को ग्रेडवृद्धि नतिजा

rajdhanidaily.com · Tue Nov 08 23:21:48 GMT 2022

काठमाडौं । सरकारले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा निर्वाचनलगत्तै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो साताभित्र सार्वजनिक गर्ने जनाएको हो ।

नतिजा सार्वजनिक गर्न ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही ढिलाइ हुने भएको बोर्डले जनाएको छ । कात्तिकभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भए पनि निर्वाचनका कारण कर्मचारी तथा शिक्षक चुनावमा व्यस्त भएकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको बोर्डको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)