झापाको गौरादहमा भतिजालाई गोली हानेपछि काकाले गरे आत्महत्या
nepalpress.com · Tue Oct 18 16:08:53 GMT 2022
काठमाडौं । झापाको गौरादहमा एक व्यक्तिले भतिजालाई गोली हानेर आफूले आत्महत्या गरेका छन् । गौरादह-८ मा ३५/३६ वर्षका विरन यादवले छिमेकमा बस्ने १५/१६ वर्षका हेमराज शाहलाई गोली हानेर आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यादव गोली लागेको अवस्थामा मृत भेटिएका थिए । घाइते शाहको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार शाहको ढाडमा गोली लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)