जाजरकाेट भूकम्पले रुकुमपश्चिममा मानवीय क्षति
nayapatrikadaily.com · Fri Nov 03 19:55:00 GMT 2023
शुक्रबार राति आएको भूकम्पमा परि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा मानवीय क्षति भएको छ। नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अनुसार १० जनाको मृत्यु भएको खबर आएको बताइन्।
उनका अनुसार वडा नं. ११ मा सातजना र वडा नं.१२ मा तीजनाको मृत्यु भएको खबर आएको छ। उनले प्रहरी घटनास्थलमा गइरहेको जानकारी दिइन्। साथै आठविसकोटमा घरहरुमा पनि क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)