सेवा आयोग अध्यक्षलाई दुर्व्यवहार
ekantipur.com · Wed Jun 14 01:04:44 GMT 2023
मोरङ — पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष महेशराज दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको छ । सुनसरीको इटहरी उपमहानगरको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेताहरूले दाहालको अनुहारमा मोसोजस्तो कालो पदार्थ पोखिदिएका हुन् ।
सेवा आयोगको अध्यक्ष भएपछि दाहालले अधिकृतदेखि श्रेणीविहीनसम्मका १ सय १५ कर्मचारी भर्ना गर्न २०७८ चैत १५ मा विज्ञापन खुलाएका थिए । ‘पहिलो पत्रको परीक्षा २०७९ भदौ २६ देखि २८ सम्ममा लियौं,’ दाहालले भने, ‘२०७९ असोज २४ मा परिणाम सार्वजनिक गरेदेखि विद्यार्थी आन्दोलनका कारण कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)