रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता
barnanmedia.com · Tue Mar 17 21:45:00 GMT 2026

प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बधाई दिएको छ।
सीपीसीले औपचारिक पत्र पठाएर बधाई दिएको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जानकारी दिएका छन्। ‘चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक औपचारिक पत्र पठाउँदै बधाई तथा आत्मीय शुभकामना व्यक्त गरेको छ,’ खनालले भनेका छन्, ‘उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)