‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
ratopati.com · Fri Jun 12 02:37:11 GMT 2026

काठमाडौँ । फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । गीतमा डा. भोला रिजालको शब्द तथा गायक गौतम स्वयंको संगीत छ ।
तीन दशक अघि गाउँघरमा हुने विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन पन्तकाे बेहुला बेहुलीकाे रूपमा देखिएका छन् । उनीहरूको विवाह भइरहेको भिडियोमा देख्न सकिन्छ । माइतीघर छाडेर जान लागेकी छोरीले परिवारप्रति गरेको गुनासो र आमाबुबाले नरोई जान गरेको आग्रहलाई गीतले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)