भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरु
nagariknews.nagariknetwork.com · Tue Oct 29 14:33:02 UTC 2024

भक्तपर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ। बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए।
मन्त्री थापाले प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)