समर गेम्सको बक्सिङमा नेपालले स्वर्ण जित्यो
barnanmedia.com · Tue Oct 29 21:23:45 UTC 2024
काठमाडौँ, १३ कात्तिक : नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा आज स्वर्ण पदक जितेका छन् । दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे ।
बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)