मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवातर्फ सोझिएको नैतिक प्रश्न

ekantipur.com · Wed Jul 06 01:05:03 GMT 2022

आर्थिक अपराधको संगीन आरोप लाग्दा पनि जसरी राज्यको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा टसको मस भएका छैनन् र उल्टो अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘मेटिएको’ जस्ता थप तथ्य सार्वजनिक भएका छन्, यसबाट स्वाभाविक रूपमा यस मामिलासम्बन्धी नैतिक प्रश्न अब सोझै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सोझिएको छ ।

आफ्नो मन्त्रिपरिषद्को एउटा सदस्यमाथि लागेको अक्षम्य आरोप र त्यससम्बन्धी घटनाक्रमप्रति अब पनि प्रधानमन्त्रीले निर्धक्कसँग आँखा चिम्लिरहे भने त्यो बडो अनर्थपूर्ण हुनेछ । अर्थमन्त्रीलाई राजीनामा दिन वा नदिएमा प्रधानमन्त्रीले बर्खास्त गरी घटनाबारे छानबिन गर्न–गराउन चौतर्फी दबाब बढ्दा पनि प्रधानमन्त्री देउवाले आफ्नो पदीय दायित्व निर्वाह गर्न चाहेनन् या विधिको शासनप्रति उत्तरदायी भएनन् भने, त्यसको संकेत मात्र होइन, परिणति पनि डरलाग्दो हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)