भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० घाइते
barnanmedia.com · Tue Oct 29 21:33:41 UTC 2024

काठमाडौँ, १३ कात्तिक : भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)