महालक्ष्मी विकास बैंकद्वारा ५ जना विद्यार्थीहरूलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
clickmandu.com · Fri Jul 03 12:28:12 GMT 2026

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरी, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईंको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रति विद्यार्थी ५० हजार बराबरको रकम छात्रवृत्तिको रूपमा प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)