मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिनिसियसको दुई गोलमा रियल म्याड्रिडको सानदार जित, १० खेलाडीमा सीमित सिटी च्याम्पियन्स लिगबाट बाहिर

ratopati.com · Tue Mar 17 23:02:18 GMT 2026

काठमाडौं । स्टार फरवार्ड भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको राउण्ड अफ १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई २–१ ले स्तब्ध पार्दै रियलले अन्तिम ८ को यात्रा तय गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा म्यानचेस्टर सिटीले खेलको सुरुवातमै ठूलो दुर्भाग्य झेल्नुपर्‍यो । खेलको २० औं मिनेटमा बर्नार्डो सिल्भाले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा खुम्चिएको थियो । त्यसको लगत्तै २२ औं मिनेटमा पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)