एमालेको आन्तरिक बहस सार्वजनिक मञ्चमा छताछुल्ल
barnanmedia.com · Tue Mar 17 22:53:29 GMT 2026

कडा साङ्गठनिक अनुशासन भएको एमाले आन्तरिक विवाद तथा असन्तुष्टिहरूलाई पार्टी कमिटीभित्रै व्यवस्थित ढंगले मन्थन गरेर टुंग्याउने पार्टीका रूपमा चिनिन्थ्यो। तर, अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आएदेखि पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ।
नेतृत्वले पार्टीमा फरक मतलाई स्थान नदिएपछि नेताहरू सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन्। पार्टी कमिटीमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउन निषेधित गरिएको गुनासो बढ्दो छ। अर्कोतर्फ पार्टीका आन्तरिक मतभेद बाहिर ल्याउँदा नेताहरूले अनुशासनको कारबाही खेप्नुपरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)