मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो

rajdhanidaily.com · Tue Mar 17 23:09:19 GMT 2026

काठमाडौं । २१ फागुनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएसंगै लज्जास्पद हार व्यहोरेका पुराना दलका अध्यक्ष र सभापतिले राजीनामा दिनुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ ।

निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्वको औचित्य, रणनीतिक कमजोरी र जिम्मेवारी ’boutमा बहस सुरु भइरहँदा अर्को दल नेपाल कम्युनिस्ट पार्टी भने नेतृत्व परिवर्तनका विषयमा मौन छ । विशेष महाधिवेशनबाट कांग्रेसको सभापति भएका गगनकुमार थापाले आफैँ निर्वाचनमा पराजित भएका छन् । तर पार्टीभित्र निर्वाचनको समीक्षा समेत अहिलेसम्म हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)