सुनसरी १ मा मनाेज मेयाङ्बाेलाई लाैराेकाे समर्थन
nepalpress.com · Thu Nov 03 16:35:50 GMT 2022
सुनसरी । लौरो अभियानले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने क्रम सुरु भएको छ । जस अन्तरगत लौरो अभियार र धरान उपमहानगरपालिकाका पुर्व प्रमुख तथा आगामी निर्वाचनका लागि सुनसरी १ का प्रतिनिधीसभा सदस्यका स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेयाङ्बो बिच एक अर्कालाइ समर्थन र सहयोग गर्ने सहमती भएको हो
लौरो अभियानका प्रवक्ता रोहन कार्की र स्वतन्त्र उम्मेद्वार मेयाङ्बोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रत्यक्षतर्फ लौरो अभियानले सुन्सरी एकमा खरायो चिन्हमा भोट दिन अपिल गर्नेछ भने समानुपातिकतर्फ स्वतन्त्र उम्मेदवारले लौरो चिन्हमा भोट अपिल गर्नेसमेत सहमती भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)