नेप्से अस्थिर हुँदा पुँजीगत लाभकर ८४ प्रतिशतले घट्यो
nayapatrikadaily.com · Thu Jan 19 00:30:00 GMT 2023
सेयर बजारमा आएको उत्तारचढावले चालू आवको पुस मसान्तसम्म पुँजीगत लाभकर ८५ प्रतिशतले घटेको छ । चालू आव ६ महिनामा एक अर्ब २३ करोड ५७ लाख संकलन भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत लाभकर आठ अर्ब ६ करोड ८७ लाख संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म अल्पकालीन लगानीकर्ताले मात्रै पाँच अर्ब ८४ करोड १८ लाख पुँजीगत लाभकर तिरेका थिए । चालू आर्थिक वर्षको ६ महिना अल्पकालीन लगानीकर्ताले सेयर कारोबार गरेर ७४ करोड ४१ लाख ५३ हजार पुँजीगत लाभकर तिरेका छन् । यस्तै, दीर्घकालीन लगानीकर्ताले ४९ करोड १५ लाख ५८ हजार लाभकर तिरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा दीर्घकालीन लगानीकर्ताले भने दुई अर्ब २२ करोड ६९ लाख पुँजीगत लाभकर तिरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)