विद्युतको थ्री–फेज लाइन लिन अनलाइनबाटै निवेदन दिन सकिने
techpana.com · Thu May 26 05:16:29 GMT 2022
काठमाडौं । तल्लो तथा माथिल्लो स्तरको थ्री–फेज लाइन लिनको लागि नेपाल विद्युत् प्राधिकरणलाई अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।
यसको लागि प्राधिकरणको वेबसाइट मा गएर थ्री फेज अनलाइन आवेदन मोड्युलमा क्लिक गरी आवश्यक विवरण भरेर निवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । घर वा व्यवसायिक भवनमा धेरै विद्युत् खपत् गर्ने अवस्थामा थ्री फेज लाइन आवश्यक पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)