परीक्षणमा बुक बिल्डिङमार्फत सेयर निष्कासन
nayapatrikadaily.com · Tue Jan 30 00:28:00 GMT 2024
प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन आइपिओ जारी गर्ने कम्पनीसँगै बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन हुँदै छ । नेपालको सेयर बजारमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको सेयर औपचारिक रूपमा निष्कासनमा आइसकेको छ ।
बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लिलामी गरिन्छ । यस्तो लिलामीबाट निर्धारित प्रिमियमका आधारमा बाँकी धितोपत्र सार्वजनिक निष्कासन गरिन्छ । यस विधिमा कम्पनीले नै प्राइस रेन्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ । मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्ने मान्यता छ । बुक बिल्डिङ योग्य संस्थागत लगानीकर्ताको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक मूल्य निर्धारण विधि हो । सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताको आवेदनपछि मूल्य निर्धारण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)