प्रहरी तालिम सुधारका लागि कार्ययोजना
gorkhapatraonline.com · Fri Jun 12 02:49:52 GMT 2026

पश्चिम नवलपरासीको जर्गाहस्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालन हुने तालिमलाई थप व्यवस्थित, व्यावसायिक र समयसापेक्ष बनाउन नयाँ व्यवस्थापकीय योजनासहित गृहकार्य सुरु गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार हालै महाविद्यालय प्रमुखका रूपमा सरुवा भई आउनुभएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अजय केसीले बिहीबार मातहतका प्रहरी अधिकृत तथा कर्मचारीहरूसँग छलफल गर्दै तालिम व्यवस्थापन सुधारका लागि कार्ययोजना अघि सार्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)