दुई सातापछि मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन
ekantipur.com · Sun Jul 18 01:13:03 GMT 2021
लमजुङ — दुई सातादेखि उत्पादन बन्द भएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट शुक्रबार रातिदेखि विद्युत् उत्पादन पुनः सुरु भएको छ । बेंसीसहर नगरपालिका–१ उदीपुर चिप्लेटीमा बाँध बाँधेर सुन्दरबजार नगरपालिका–९ सिउँडीबारमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन थालिएको हो ।
मर्स्याङ्दीको बाढीले १३२ केभी प्रसारण लाइनको लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित ९ नम्बर टावर बगाएपछि असार १९ देखि विद्युत् उत्पादन बन्द भएको थियो । जेठ १९ बाट मध्यमर्स्याङ्दीको उत्पादन बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)