मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला अस्पताल रोल्पाका १७ जना स्वास्थ्यकर्मीमा कोरोना

ekantipur.com · Tue Jan 25 00:44:33 GMT 2022

रोल्पा — जिल्ला अस्पताल रोल्पाका चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यति धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि संक्रमण अझ बढ्ने त्रास फैलिएको छ ।

अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बिरामी जाँच्ने क्रममा कोरोनाबाट स्वास्थ्यकर्मीसमेत संक्रमित भएको हुन सक्ने बताए । ‘ज्वरो, रुघाखोकी लगायत लक्षण भएका बिरामी उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । कोरोनाका बिरामी पनि बढेका छन्‚’ उनले भने । कोरोना संक्रमणबाट एक जना मेडिकल अधिकृतसहित प्रयोगशाला, नियमित जाँच, आपत्कालीन लगायत सेवामा खटिएका स्वास्थ्यकर्मी प्रभावित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)