हावाहुरी र वर्षाले मकैबाली नष्ट
thahakhabar.com
बैतडी : वर्षा र हावाहुरीले जिल्लाको विभिन्न स्थानका अन्नबालीमा क्षति पुगेको छ। केही दिनदेखिको वर्षासँगै हावाहुरीले जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको हो।
हावाहुरीले मकै, भटमासलगायतका अन्नबालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टले जानकारी दिए। ‘पानीसँगै आएको हावाहुरीले मकै,भटमासलगायत बालीमा क्षति पुगेको छ’, उनले भने, ‘घोगा लाग्न लागेका मकैका बोट ढलेर नष्ट भएका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)