डल्ले च्याउ ३७० रुपैयाँ प्रतिकिलो, अन्य कति?
himalpress.com · Fri Jun 12 03:04:26 GMT 2026

काठमाडौँ- सागपात तथा विशेष कृषि उपजको मूल्य आज पनि उच्च दायरामै कायम रहेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो रु ९०, तोरीको साग रु ६०, चमसुरको साग रु ९० र हरियो प्याज रु ९० तोकिएको छ। कुरिलो प्रतिकिलो रु ३५०, सेलरी रु १३० र पार्सले रु २२० रहेको छ।
त्यस्तै सिताके च्याउ प्रतिकिलो रु १,०००, डल्ले च्याउ रु ३७० र कन्य च्याउ रु २५० निर्धारण गरिएको छ। गुन्द्रुक रु ३५० र तोफु रु १६० प्रतिकिलो कायम गरिएको छ।
कालीमाटी बजारमा दैनिक उपभोग्य सागपात तथा विशेष कृषि उपजको मूल्य निरन्तर आपूर्तिको अवस्था अनुसार परिवर्तन हुँदै आएको समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)