बालबालिकाका यौनिक अभिव्यक्ति र व्यवहार
ekantipur.com · Mon Aug 21 00:56:11 GMT 2023
हेर्नु न म्याम, यसले मलाई आई लभ यु लेखेको कागज दिन्छ ।’ कक्षामा पढाइरहेका बेला कहिलेकाहीँ छात्राहरूले कागजको चिर्कटो देखाउँदै मलाई भन्ने गर्छन् ।
यूकेजीमा पढ्ने छात्रहरूले छात्राहरूलाई बेलाबेला यस्ता कागजमा अंग्रेजी अक्षर ‘आई’ त्यसपछि मुटुको आकार र अंग्रेजी अक्षर ‘यु’ लेखेर दिने गर्छन् । कहिले मुटुको चित्र मात्रै बनाएर पनि थमाउने गर्छन् । तत्कालका लागि उनीहरूलाई सम्झाइ–बुझाइ गरे पनि बेलाबेला उनीहरूको उमेर र यस्तो व्यवहारले हामी शिक्षकलाई किंकर्तव्यविमूढ बनाउँछ । कहिलेकहिले हामी शिक्षकले तत्कालका लागि छात्रहरूलाई ‘अबदेखि यसो नगर्नू है’ भनेर स्थिति सामान्य बनाउने प्रयास गर्छौं । पढाइमा अलि ध्यान नदिने र अरूलाई दुःख दिने प्रवृत्तिका कतिपय छात्रले कागजको चिर्कटो मात्र दिँदैनन्, ‘आई लभ यु’ भन्दै गालामा म्वाई खाने गरेको पनि सुनाउँछन् छात्राहरू । कहिलेकाहीँ त छात्रहरूले आफू नजिक बसेका छात्राहरूको कपाल, रिबन, फ्रक तान्ने गर्छन् । छात्रहरूका यस्ता यौनिक अभिव्यक्ति र व्यवहारबाट छात्राहरूले अनाहकमा दुःख पाइरहेका हुन्छन् । कहिलेकाहीँ छात्राहरूले आफ्ना अभिभावकलाई समेत सुनाउने गर्छन् र परिस्थिति असामान्य बन्न जान्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)