‘ब्युटिफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’को घोषणा
baahrakhari.com · Wed Sep 13 00:58:43 GMT 2023
काठमाडौं । मानसिक रोग रोकथाम, उपचार तथा व्यवस्थापनको उद्देश्यसहित ‘ब्युटिफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’को घोषणा भएको छ । अभियानको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खैरहनी–११, चितवनमा गरेका हुन् ।
जुनसुकै मानसिक समस्याको उपचार सम्भव भए पनि विभिन्न कारणले मानिसहरू उपचारबाट बञ्चित रहेको ब्युटिफुल माइन्डका अध्यक्ष डा. गिरिराज भन्तानाले बताए । “गरिबी, अशिक्षा र अन्धविस्वासका कारण मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका नागरिकलाई लक्षित गरेर सचेतना अभियान सञ्चालन गरिएको हो,” भन्तानाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)