होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा लम्साल
ratopati.com
होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बाराको सिमरामा आज भएको संघ पाँचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो । अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन भएका छन् । यसैगरी सदस्यहरूमा हेमलाल गौतम, सर्जु थापा, जय प्रकाश साह, शर्मिला शाह, बिमलराज भारती, सुशीला केसी, अजय जर्गा मगर, युव प्र. गौतम, सोममाया रुम्बा, कर्णबहादुर कार्की, ज्ञानेन्द्र कार्की, फुलमाया रुम्बा, मुन्नालाल साह कलवार, बिनोद प्रसाद जैसवाल र रामकृष्ण घिमिरे चयन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)