प्रिमियर लिग : युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक, आर्सनल साउथह्याम्टनसँग पराजित
Ujyaaloonline.com · Sun Apr 17 01:03:09 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराएको छ । घरेलु मैदान ओल्ड टार्फोडमा भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो ।
म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले खेलको सातौँ, ३२औँ र ७६औँ मिनेटमा गोल गरे । रोनाल्डोको यो करियरको ६० औँ ह्याट्रिक पनि हो । नर्विचका केइरन डोवेला र टिमु पुकीले एक/एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)