मेमिसाको ‘निदरी’मा पल र रस्मिताको रोमान्स
ratopati.com · Wed Mar 18 04:19:35 GMT 2026

काठमाडौँ । गायिका मेमिसा घलेको कौडा गीत ‘निदरी’ सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर छ । गीतमा शब्द र सङ्गीत पनि डिआरकै रहेको छ ।
गीतको भिडियोमा नायक पल शाह र मोडल रस्मिता तामाङको नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर र निर्देशन भने विक्रम चौहान हुन् । भिडियो खिच्नेकाम नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् ।
गायिका मेमिसा घलेले यसअघि पनि केहि गीत गाएकी छिन् तर अहिलेको निदरी गीतमा धेरै मिहिनेत र लगानीको हिसाबले पनि धेरै नै खर्च भएको बताएकी छिन् । अहिले नेपालमा भएको सिलसिलामा भिडियोमा आफै देखिएकी छिन् । गीतमा निर्माता धन घले र गायक, लेखक तथा सङ्गीतकार डिआर सुजन पनि देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)