मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सलोनको ‘मिलन’ कात्तिक १८ मा प्रदर्शन हुने 

nepallive.com · Wed Aug 24 00:24:00 GMT 2022

काठमाडौं– सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ कात्तिक १८ मा प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्षले मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको पनि घोषणा गरेका हुन्।

मंगलबार सार्वजनिक पोस्टरमा दुई नयाँ कलाकारहरु देखिएका छन्। कुशल शाह र शिल्पा थापालाई पोस्टरमा रोमान्टिक लुक्समा देखाइएको छ। फिल्मको कथावस्तु पनि प्रेम नै केन्द्रित रहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)